शिक्षक आन्दोलनलाई विपक्षीले सरकार ढाल्ने अस्त्र बनाए : सांसद गैरे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद ठाकुर गैरेले आन्दोलनरत शिक्षकहरूको प्रतिनिधिको भूमिकामाथि प्रश्न उठाएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शिक्षक महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँगको बैठकपछि खुसी भएर फर्किए पनि बाहिर गएपछि अमिलो अनुहार लगाउने गरेको बताए ।

उनले भने, ‘हामीले देखिरहेका छौँ  शिक्षक महासंघका साथीहरू प्रधानमन्त्रीसँग छलफल गरेर फर्किँदा उत्साहित भएर फर्किएको समाचारहरू आउँछन् । तर बाहिर आउनुहुन्छ अनुहार फेरि अरअरो हुन्छ नमिठो अनुहार लाउनुहुन्छ । सत्तारुढ दलको नेता र मन्त्रीहरूको बैठकमा पनि शिक्षक साथीहरू खुसी भएर फर्किएको देखिन्छ । जब बाहिर आउनुहुन्छ समस्या जहाँको त्यही हुन्छ । शिक्षक आन्दोलनलाई विपक्षी दलहरूले सरकार ढाल्ने अस्त बनाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...