रवीन्द्र मिश्रमाथि दुर्व्यवहार भयो : सांसद झा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले राप्रपाका सहअध्यक्ष रवीन्द्र मिश्रमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले असन्तुष्टि जनाए । उनले भने, ‘राप्रपाका सहअध्यक्ष रवीन्द्र मिश्रको विचार र व्यवहारप्रति मेरो सहमति नहोला । तर उहाँप्रति राज्यले गरिरहेको दुर्व्यवहारमा चाहिँ विमति छ । घोर विमति छ । त्यसमा सच्याइयोस् र सच्चियोस् पनि ।उनले प्रधानमन्त्री ओलीले नै एक कार्यक्रममा बोल्दै राजनीतिक भएको स्वीकारेको सुनाए ।

उनले भने, ‘वैशाख १४ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीज्यूले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुथियो । एक झापु लगाएर ठिक पारेर हिरासतमा पुर्‍याए। उहाँप्रति आभार छ, स्वीकार्नुभयो राजनीतिक प्रतिशोध नै रहेछ । अब आइन्दा यो विषयमा मन्त्री र महामन्त्रीहरू वादविवाद गर्न नआउनुहोला । किनकि प्रधानमन्त्रीले स्वीकारिसक्नुभयो । उनले सरकारले १० महिनासम्म सरकारमा रहेकाहरूको सम्पत्ति विवरण सार्वजनिक नगरेकोप्रति आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...