रवीन्द्र मिश्रमाथि दुर्व्यवहार भयो : सांसद झा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले राप्रपाका सहअध्यक्ष रवीन्द्र मिश्रमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले असन्तुष्टि जनाए । उनले भने, ‘राप्रपाका सहअध्यक्ष रवीन्द्र मिश्रको विचार र व्यवहारप्रति मेरो सहमति नहोला । तर उहाँप्रति राज्यले गरिरहेको दुर्व्यवहारमा चाहिँ विमति छ । घोर विमति छ । त्यसमा सच्याइयोस् र सच्चियोस् पनि ।उनले प्रधानमन्त्री ओलीले नै एक कार्यक्रममा बोल्दै राजनीतिक भएको स्वीकारेको सुनाए ।

उनले भने, ‘वैशाख १४ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीज्यूले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुथियो । एक झापु लगाएर ठिक पारेर हिरासतमा पुर्‍याए। उहाँप्रति आभार छ, स्वीकार्नुभयो राजनीतिक प्रतिशोध नै रहेछ । अब आइन्दा यो विषयमा मन्त्री र महामन्त्रीहरू वादविवाद गर्न नआउनुहोला । किनकि प्रधानमन्त्रीले स्वीकारिसक्नुभयो । उनले सरकारले १० महिनासम्म सरकारमा रहेकाहरूको सम्पत्ति विवरण सार्वजनिक नगरेकोप्रति आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...