राजावादी एकता : कमल थापा र लिङदेन एकै मञ्चमा



हाम्रो इकोनोमि

 

 

 लामाे समयदेखि दुरीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच नयाँ ‘ब्रेक थ्रू’ भएको छ । थापाको निम्तो मान्दै लिङ्देन आज राप्रपा नेपालको विरोधसभामा सहभागी हुने भएका छन् ।

एउटै लक्ष्य र गन्तव्य बोकेर हिँडिरहे पनि राजावादी हस्ति नेताहरू एक ठाउँमा उभिन सकिरहेका थिएनन् । लिङदेन र थापाबीच त झन् पानी बाराबारकै अवस्था थिए । राप्रपालाई नै फुटाएर थापाले राप्रपा नेपाल गठन गरेको हुँदा यी दुई पार्टीबीच तिक्तताको अवस्था कायम थियो । राजावादी दुई प्रमुख शक्ति नै मिल्न नसक्दा समग्र राजसंस्था पक्षधरहरुको एकता गाँठो परिरहेको थियो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राप्रपा नेपालको कार्यक्रममा अध्यक्ष लिङदेन उपस्थित हुने पुष्टि गरे ।

राजसंस्थाको पक्षमा हुने कुनै पनि आन्दोलन र अभियानलाई साथ समर्थन दिने हाम्रो पार्टीको घोषित नीति नै हो । राप्रपा नेपालबाट अध्यक्षज्यूलाई निम्ता आएको छ र उहाँ सहभागी हुनुहुन्छ  श्रेष्ठले भने । राप्रपा कमल थापाको निम्तोमा लिङ्देनसहित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टसमेत कार्यक्रममा उपस्थित हुने छन् । राप्रपा नेपालका अध्यक्ष थापाले आफूहरु चारजना पहिलोपटक एउटै मञ्चमा देखिन लागेको भन्दै फेसबुकमा पोस्ट गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...