पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्छ : ठाकुर गैरे



हाम्रो इकोनोमि

 

 

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई कारबाहीको माग गरेका छन् । सांसद गैरेका अनुसार शनिबार संवाद सचिवको रुपमा पाठकले संवेदना वक्तव्य जारी गरेका थिए । उक्त वक्तव्यमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’ लेखिएको भनेर उनले सरकारको ध्यानाकर्षण गरे ।

‘हिजो १३ गते अत्यन्तै लज्जास्पद र संविधानविपरीतको एउटा वक्तव्य आयो । डा. फणिन्द्रराज पाठक संवाद सचिवको नामबाट प्रकाशित भएको वक्तव्य । त्यस वक्तव्यको हेडलाइनमना लेखिएको छ- श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’, आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गैरेले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा यस्तो लेख्न नपाइने उनको आग्रह छ । ‘म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । नेपालको संविधान र नेपालको आजको व्यवस्थामा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव भन्ने कहाँ छ ?’ गैरेले प्रश्न गरे, ‘यो लेख्न कसरी सकिन्छ ? यो कसरी सम्भव भयो ? यो पाइन्छ कि पाइँदैन ? जो कोहीले संविधानको सर्वोच्चताको ख्याल गर्नुपर्ने उनको आग्रह छ । अगाडि भन्छन्, ‘यो संसदको सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन । त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन ?’

पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सांसद गैरेको आग्रह छ । ‘यो संवाद सचिवको रुपमा नाम रहेका डा. फणिन्द्रराज पाठक र संवेदना लेख्नका लागि बक्सिने ज्ञानेन्द्र विरविक्रम शाहलाई नेपालको संविधान र कानुन तत्काल कारबाही गरियोस् भन्ने् कुरा यो सदनमार्फत ध्यानाकर्षण गर्न चाहन्छु’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...