राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्छ : प्रवक्ता महत



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले गठबन्धन सरकार सञ्चालन गर्न सहज नभएको बताएका छन् । दाङ पुगेका नेता महतले कार्यकर्ता भेटघाटका क्रममा माओवादीसँग कांग्रेस र एमाले दुवैको सहकार्य राम्रो नभएपछि बाध्य भएर मिल्न परेको सुनाए ।

उनले भने, ‘गठबन्धन भन्नेबित्तिकै सरकार सञ्चालन गर्न त्यति सजिलो हुँदैन । चलिरहेको छ । हामीले सोचेअनुसार सबै कुरा हुँदैन । हामीले भनेको सय प्रतिशत नभए पनि ५० प्रतिशत त होला भनेरै सहकार्यमा छौं । हुँदै नहुनुभन्दा त ५० प्रतिशत भएमात्रै पनि हुनु सही । सके ६० प्रतिशत गरौंला ।

उनले सत्तामा नहुँदा तल्ला तहका नेता कार्यकर्ताको स्वाभाविक गुनासो हुने गरेको बताए । प्रवक्ता महतले भने, ‘सत्तामा नहुँदा साथीहरुले असुरक्षित महसुस गर्ने भए, पुलिस प्रशासनलाई जायज कुरा भन्यो भने पनि टेरपुच्छर नलगाउने, अब सत्तामा हुँदा पनि हामीले भनेको जस्तो हुँदैन । त्यसैले असन्तुष्टि भइरहेका छन् । उनले सत्ता गठबन्धनमा भए पनि सरकारी नियुक्तिमा समान हुनुपर्ने र समन्वय हुनुपर्ने भए पनि पछिल्लो समय नभइरहेको बताए । प्रवक्ता महतले विद्युत प्राधिकरणमा एमालेको प्रस्तावलाई स्वीकार गरेकाले राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...