वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच वैशाख १७ गते पार्टी एकताको घोषणा हुँदैछ । तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने गरी दुई पार्टीबीच एकता घोषणा गर्ने तय भएका अध्यक्ष राउतको सचिवालयले जनाएको छ ।

राउतको सचिवालयले भनेको छ, ‘धेरै पार्टी शक्तिहरूको अहिले निद्रा उडेको छ । किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ । नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’ उनले आफूहरूलाई शक्तिशाली देख्न नचाहने तत्त्वहरूले जनमत  नाउपालाई तहस–नहस गर्नका लागि विगत ७–८ महिनादेखि कुनै कसर नछाडेको उल्लेख छ ।

पार्टी एकता निश्चित भएपछि दुवैतर्फबाट कार्यदल बनाएर काम भइरहेको छ । दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ।  संसद्मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि १० सीट नै छ । तराइको सबैभन्दा ठुलो पार्टी जसपा थियो । जसपा विभाजन भइसकेको अवस्थामा नाउपा र जनमत एकता हुँदा तराइ मधेशको सबैभन्दा ठुलो पार्टी बन्नेछ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...