प्रधानमन्त्रीले कार्यशैली बदल्नुपर्छ : पूर्णबहादुर खड्का



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमालेसँग भएको सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढाउन ढिला भएको स्वीकार गरेका छन् । पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै संविधान संशोधन गर्नु नै दुई ठूला पार्टीको मुख्य उद्देश्य भएको बताए ।

उनले भने, ‘संविधान संशोधनको काम अघि बढाउन ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको तर्फबाट, त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्वीकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन । अब चाँडै नै भएको सहमतिको आधारमा कांग्रेस र एमालेको बीचमा कार्यदल बनाएर, कार्यदलले दुई दलको बीचमा आन्तरिक छलफल गरेर आधार तयार गर्ने, त्यो आधारको जगमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र संसद्मा रहेका अन्य दलहरूसँग संवाद गर्ने । उनले संसदमा सहमति भएपछि संसदबाट कुनै आवश्यकता अनुसारको संरचना तयार गरेर सहमति भएका विषयलाई समेटेर संशोधन गर्नुपर्ने बताए । उनले समावेशिता, समानुपातिक प्रतिनिधित्वलगायत जनताले प्राप्त गरेको अधिकार नघट्ने गरी गर्ने बताए । खड्काले सरकारको कमीकमजोरी सच्याउन आवश्यक भएपनि दुई दलबीचको सहमतिमा दायाँबायाँ नहुने बताए ।

उनले भने सभापतिले पनि भन्दै आउनुभएको छ  सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यक छ । त्यसलाई सच्याउनुपर्छ । प्रधानमन्त्रीलाई हामीले भनेका छौँ, नागरिकको भावनालाई बुझेर बाहिर देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ । उनले प्रधानमन्त्रीले पनि जनतामा भएको असन्तुष्टिलाई घटाउँदै जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...