राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा



हाम्रो इकोनोमि

 

 

 राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत १५ को प्रदर्शनलाई उत्तेजक बनाउने भूमिका खेलेको कारण उनीलाई राज्यविरुद्धको कसुरमा म्याद थपी कानुनी कारबाही अगाडि बढाइएको थियो । तर स्वास्थ्यका कारण आवश्यक परेका बखत उपस्थित हुने गरी आइतबार राति हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । उनलाई पत्नी प्रतिभा राणाको जिम्मामा रिहा गरिएको हो ।

प्रहरीले धवल परिवारलाई बेलुकी ५ बजेपछि बोलाएको थियो । तर, उनकी पत्नी ७ बजेपछि मात्रै पुगिन् । सबै प्रक्रिया सकिएर प्रहरी कार्यालयबाट निस्कँदा करिब ९ बजेको एसएसपी अधिकारीले बताए । उनी रिहा भए पनि उनीविरुद्धको मुद्दा विचाराधीन नै रहने छ । ‘मुद्दा नचल्ने वा फिर्ता भएको होइन’ अधिकारीले भने, ‘उहाँले कानुनी प्रक्रियामा सहयोग गर्नुहुन्छ भन्नेमा विश्वास लिएका छौं ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...