मान्छे जलाएर राजतन्त्र फर्कँदैन : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको घरमा आगो लगाएर, मान्छे जलाएर अराजकता मच्चाउनेहरुले राजतन्त्रको सपना नदेख्न चेतावनी दिएका छन् ।माओवादीले हुलाकी राजमार्गमा संचालन गरेको तराई मधेस अभियानका क्रममा आज पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आयोजित जनसभामा बोल्दै उनले गणतन्त्रवादीहरुले शान्तिपूर्ण प्रदर्शन गरेकै दिन अराजकतावादीहरुले गरेको वितण्डाले उनीहरु कसको लागि के गरिरहेका छन् भन्ने प्रष्ट भएको जनाएका छन् ।

‘नेपाली जनताको अभिमतले नेपालमा गणतन्त्र आएको हो, यो कसैले दान दिएको विषय होइन बलिदानबाट आएको हो तर केही अराजकतावादीहरुले अहिलेको व्यवस्थालाई चुनौती दिँदै आएका छन्, त्यसैको कारण हामीले चलाएको अभियान रोकेर काठमाण्र्डौमा खबरदारी गरेर फर्केका हौं’ उनले भने ‘हामी अभियानमा रहेकैबेला राजावादीले वितण्डा मच्चाए, यो बीचमा हाम्रो अभियान केही ढिलाई भयो तर यसलाई निरन्तरता दिएका छौं, काठमाडाैंमा पनि खबरदारी गरियो, हाम्रो प्रदर्शनलाई विथोल्न राजावादीले अराजकता प्रदर्शन गरेका हुन् । जनताको घरघरमा आगो लगाएर, मान्छेलाई थुनेर आगो लगाएर क्रान्तिको हल्ला गरियो तर त्यो अराजकताले उनीहरुको उद्देश्य प्रष्ट भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गणतन्त्रको मुख्य हिस्सेदार माओवादी भएकै कारण यसका विरुद्ध हुने षडयन्त्रविरुद्ध सधै खबरदारीमा रहेको र सधै उपेक्षित, उत्पीडित र पछाडि पारिएको समुदायले साथ दिएको बताए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...