सरकार ट्याक्टरको गतिमा चलिरहेको छ : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना गरेरेका छन् । काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारका काम सुस्त हुँदा समस्या निम्तिएको बताए ।

महामन्त्री थापाले नागिरिकले द्रूत गतिमा काम चाहेको तर सरकारले डेलिभरी गर्न नसकेको बताए । ‘मलाई बिस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई अंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ उनले अघि भने मान्छेको अपेक्षाको जुन गति छ त्यो सरकारले पक्रिन सकेन । 

कांग्रेस-एमाले गठबन्धनको सरकारको जिम्मेवारीमा नरहेरै सहयोग गर्न तयार भएको स्मरण गराउँदै उनले तर आफूले जोतिएर सरकारलाई सहयोग गर्दा पनि नागरिक सन्तुष्ट हुने काम नभएको बताए ।

सरकारले गति बढाएर काम गरेको भए अहिले सडकमा आन्दोलन देख्नु पर्ने अवस्था नै नआउने उनको भनाइ छ । ‘ स्पिडमा काम गरेको भए शिक्षकहरु आन्दोलनमा आउनुपर्ने थिएन । सरकारीको अवस्था त्यस्तै छ’, उनले भने ‘सरकारले चलाउन नपर्ने कुरा चलाएर सडकमा आउन बाध्य बनाएको छ । यो कुराले हामीलाई रामराम भन्ने हो, गर्ने के त भन्ने बनाएको छ ।

उनले कांग्रेस-एमालेको सरकार भएकोले आफूहरूले सरकारको काम बढाउन चाहेको बताए । त्यसका लागि खबरदारी गरिरहेको उनको भनाइ छ । सरकारले काम गर्न नसक्दा पार्टीको तल्लो तहको समर्थकमा पनि निराशा छाउने अवस्था आएको बताउँदै उनले खबरदारीको गर्नुपरेक बताए । तर, यसको अर्थ राजनीतिक विकल्प खोज्ने भन्ने नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...