कांग्रेसले एकल बहुमत ल्याउन सक्छ : देउवा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अगाडि बढे यही व्यवस्थामै पार्टीले एकल बहुमत ल्याउनसक्ने बताएका छन् । प्रदेश सभापतिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहज नभए पनि एक भएर हिँडे बहुमत ल्याउन सकिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ । हामीले तैपनि सबैभन्दा ठूलो पार्टी बनाएका छौं । भोलिका दिनमा बहुमत ल्याउन सकिन्छ । त्यसकारण भोलिका नेताहरु, जसले यो पार्टीलाई हाक्नुपर्नेछ, बनाउनुपर्छ, उहाँको काँधमा ठूलो जिम्मेवारी आएको छ । पार्टीमा एकता जरुरी छ, सबैलाई साथ लिएर हिँड्न जरुरी छ । चुनौतीको सामना गर्न पनि एक हुनुपर्छ । हाम्रो देशमा सुन्दर राजनीति छ, समानुपातिक र समावेशी छ । यो उत्तम व्यवस्था हो । संविधान र राजनीति समावेशी समानुपातिक व्यवस्था भएकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने सभापति देउवाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...