१० वर्षमा नेपाललाई युरोपको स्तरमा पुर्याउन सकिन्छ : वामदेव



हाम्रो इकोनोमि

 

 राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्ने माग गरेका छन् । राष्ट्रिय सभा बैठकमा आइतवार सम्बोधन गर्ने क्रममा राष्ट्रपतिबाट मनोनित भएका सांसद तथा नेकपा एकता अभियानका नेता गौतमले वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताए । गौतमले भने, ‘समाजवाद निर्माण गर्नका लागि म आफूलाई दाउमा राख्न चाहान्छु । यदि समाजवाद निर्माण गर्न सकिएन भने मलाई मृत्युदण्ड दिइयोस् । वर्ष तोकेर समाजवाद निर्माण गर्न सकिएन भने मलाई फाँसीमा चढाए हुन्छ । गौतमले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दावी समेत गरे । वर्षमा १४ खर्ब रुपैयाँ खर्च गरेर समाजवाद ल्याउने आधार आफूसँग रहेको उनको भनाइ थियो । उनले पुँजिवाद अब यहाँभन्दा अगाडि नजाने भन्दै पुँजिवादबाटै नेपालमा समाजवाद आउने बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...