२०८४ को चुनावपछि पनि मिलेर देखाउनुहोला : देवेन्द्र पौडेल



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आफूहरु अहिले सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । रिपोर्टर्स क्लवको साक्षात्कार कार्यक्रममा बोल्दै उनले कांग्रेस नेताहरुसँग अनौपचारिक छलफल भएपछि सरकार ढाल्ने विषयलाई लिएर अहिलेसम्म कुनै कुराकानी नभएको बताए । उनले भने, ‘हामी अहिले सरकार ढाल्ने खेलमा छैनौं । उहाँलाई शुभकामना छ, मिलेर २०८४ सम्म जानुहोला । सक्नुहुन्छ भने २०८४ को चुनावपछि पनि मिले हामीलाई कुनै आपत्ति छैन ।नेता पौडेलले आफूहरुले सरकारको गतल क्रियाकलापको भण्डाफोर गर्ने बताए । कांग्रेस नेताहरुसँगको भेटबारे उनले भने, ‘कहीँ विमानस्थलमा भेट भयो होला । संसदमा भेटिन्छ, चिया कफी खाइन्छ, तर अफिसियल रुपमा सरकार ढाल्ने कुनै वार्ता गरेको छैन । त्यस्तो खेलमा छँदा पनि छैनौं । सरकार आफैं ढलेछ भने हामीले त्यसबेला सोचौंला ।’

दुई तिहाइको शक्ति भएको सरकार अध्यादेश ल्याएर ढोकाबाट नभई झ्यालबाट छिर्न खोजेको उनले आरोप लगाए । उनले सरकारले राष्ट्रियसभामा पेश गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक पनि पुनर्लेखन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...