२०८४ को चुनावपछि पनि मिलेर देखाउनुहोला : देवेन्द्र पौडेल



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आफूहरु अहिले सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । रिपोर्टर्स क्लवको साक्षात्कार कार्यक्रममा बोल्दै उनले कांग्रेस नेताहरुसँग अनौपचारिक छलफल भएपछि सरकार ढाल्ने विषयलाई लिएर अहिलेसम्म कुनै कुराकानी नभएको बताए । उनले भने, ‘हामी अहिले सरकार ढाल्ने खेलमा छैनौं । उहाँलाई शुभकामना छ, मिलेर २०८४ सम्म जानुहोला । सक्नुहुन्छ भने २०८४ को चुनावपछि पनि मिले हामीलाई कुनै आपत्ति छैन ।नेता पौडेलले आफूहरुले सरकारको गतल क्रियाकलापको भण्डाफोर गर्ने बताए । कांग्रेस नेताहरुसँगको भेटबारे उनले भने, ‘कहीँ विमानस्थलमा भेट भयो होला । संसदमा भेटिन्छ, चिया कफी खाइन्छ, तर अफिसियल रुपमा सरकार ढाल्ने कुनै वार्ता गरेको छैन । त्यस्तो खेलमा छँदा पनि छैनौं । सरकार आफैं ढलेछ भने हामीले त्यसबेला सोचौंला ।’

दुई तिहाइको शक्ति भएको सरकार अध्यादेश ल्याएर ढोकाबाट नभई झ्यालबाट छिर्न खोजेको उनले आरोप लगाए । उनले सरकारले राष्ट्रियसभामा पेश गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक पनि पुनर्लेखन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...