एकीकृत समाजवादी विभाजनको संकेत



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादी को अपानीमा  भनेकोछ, हामीलाई बाहिरबाट आक्रमण गर्ने र भित्रबाट विभाजित गर्ने अनेक षड्यन्त्रहरू हुँदै आएका छन्, जसलाई हामीले सामना गर्दै आएका छौँ । आन्तरिक एकता, जनजागरण तथा जनपरिचालन र आन्दोलनद्वारा ती सबैको उत्तर दिँदै पार्टीलाई मुलुकको अपरिहार्य क्रान्तिकारी शक्तिका रूपमा विकास गर्न अघि बढौँ । अनेक चुनौतीहरू छन्, तर हाम्रा कमजोरी र सामर्थ्यलाई पहिचान गरेर अगाडि बढदा हाम्रा अगाडि झन् धेरै सम्भावना छन भन्ने तथ्यलाई आत्मसात गर्दै अगाडि बढौँ ।

नेकपा (एमाले) सैद्धान्तिक जडता र विसङ्गतिबाट सङ्गठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ । अध्यक्ष माधव नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा एमाले नेतृत्वको सरकार र नेतृत्व सार्वजनिक जीवनमा पनि बदनाम हुँदै गएको उल्लेख छ । अपानीमा भनिएको छ, ‘नेकपा (माओवादी केन्द्र) मा सैद्धान्तिक गतिरोध जस्ताको तेस्तै छ । आजकै अवस्था रहन दिनु कम्युनिष्ट आन्दोलनका लागि खतरनाक हुनसक्छ । यस परिस्थितिमा मुलुकको कम्युनिष्ट आन्दोलनले एउटा जिम्मेवार र शक्तिशाली हस्तक्षेपको माग गरिरहेको छ । त्यसका लागि समय कम हुँदै गएको छ ।

दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोह र पार्टीको पुनर्गठनलाई नेपालको कम्युनिष्ट आन्दोलनकै पुनर्गठन र रूपान्तरणमा बदल्ने दायित्वलाई मध्यनजर राख्दै पार्टी निर्माणको संकल्प गरिएको अपानीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...