हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार



हाम्रो इकोनोमि

 

 

संघीय संसद् सचिवालयले आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार पारेको छ । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार १८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि संसद्को क्यालेन्डर तयार पारिएको हो ।

क्यालेन्डर निर्माणको तयारीका लागि सभामुख देवराज घिमिरेले पाँच प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल पनि गरेका थिए । संसद्को पहिलो दिन सुरुमा प्रधानमन्त्री लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ । सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्‌मा पेस हुनेछन् ।

त्यसपछि अर्को बैठक २२ गते बस्नेछ । सो दिनको बैठकमा पहिलो दिन पेश भएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । माघ २३ र २४ गते पनि संसद् बैठक तय भएको छ । २५, २६ र २७ गते भने विभिन्न समितिको बैठक राखिएको छ । त्यसपछि माघ २८, २९ र ३० संसद् बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...