अमेरिकाले रोक्यो वैदेशिक अनुदान



हाम्रो इकोनोमि

 

 

अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत विदेश नीतिको समीक्षा भइरहेकाले तत्काल ९० दिनसम्मका लागि वैदेशिक सहायता स्थगित गरिएको हो । ९० दिनको समीक्षापछि सहायता जारी राख्ने वा बन्द नै गर्ने भन्नेबारे निर्णय हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

२० जनवरीमा शपथ ग्रहण गरेपछि वैदेशिक सहायता पुनर्मूल्यांकन सम्बन्धी कार्यकारी आदेश जारी गरेका ट्रम्पले वैदेशिक विकास अनुदान स्थगित गर्न मातहतका निकायकालाई निर्देशन दिएका हुन् । यसबाट विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन्द हुनसक्ने छ । यी क्षेत्रमा अमेरिकाले विश्वभर सबैभन्दा धेरै खर्च गर्दै आएको छ । यसबाट युक्रेन पनि प्रभावित हुने अनुमान छ । रुससँग लडिरहेको युक्रेनलाई अमेरिकाका अघिल्ला राष्ट्रपति जो बाइडेनले अरबौं डलर सहयोग गरेका थिए । अमेरिकाले सन् २०२३ मा युक्रेनलाई १७.२ बिलियन डलरभन्दा बढी सहयोग गरेको थियो ।

अमेरिकाले इजरायल–इजिप्टको सैन्य सहायता र खाद्य कार्यक्रमका लागि गर्दै आएको सहयोग भने नरोकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले स्वास्थ्य क्षेत्रमा गरिब देशहरुलाई दिँदै आएको सहयोग पनि बन्द गरेको छ । यो कदमबाट खोप लगायतका अभियान रोकिने सम्भावना छ । यस सम्बन्धमा अमेरिकी विदेश मन्त्रालयले दूतावासहरुलाई पत्र पठाइसकेको समाचारमा उल्लेख छ ।

नेपालमा के असर हुन्छ ?

सरकारी तथ्यांकअनुसार अमेरिकाले विश्वमै सबैभन्दा धेरै वैदेशिक विकास सहायता उपलब्ध गराउँछ । उसले सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहायता वितरण गरेको थियो ।अमेरिकाले सहयोग रोक्दा नेपाल पनि प्रभावित हुने अनुमान छ । अमेरिकाले नेपाललाई कृषि, सुशासन, विपद्, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र सरसफाइका क्षेत्रमा सहयोग गर्दै आएको छ । ती क्षेत्रमा अधिकांश अमेरिकी अनुदान यूएसएआईडीमार्फत् काम हुँदै आएको छ । अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीमार्फत् पनि नेपालमा सडक र विद्युत् पूर्वाधारको क्षेत्रमा काम सुरु भएका छन् । ती पनि प्रभावित हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...