वामदेव गौतम आजै एमालेमा फर्किने



हाम्रो इकोनोमि

 

 

पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आज नेकपा एमालेमा फर्किँदैछन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई चरणमा भएको छलफलपछि उनी आज एमालेमा प्रवेश गर्न लागेका हुन् । उनले भने, ‘म तयार भएर बसेको छु । उताबाट खबर आएको छैन ।

एमालेमा तपाईँको भूमिका के हुन्छ ? भन्ने प्रश्नमा उनले पहिले पार्टी प्रवेश गर्ने त्यसपछि पदको कुरा गर्ने बताए । उनले भने, ‘पहिले पार्टी अनि मात्रै पदको कुरा हो । आजै प्रवेश गर्ने भन्ने कुरा हो । कति बेला जने भन्ने खबर आएको छैन खबर आएको छैन । एकीकृत समाजवादीले एकताका नाममा अलमल्याएको र शंकाको दृष्टिले हेरेको भन्दै उनी एमालेमा जान लागेका हुन् । बामदेवको साथ छाडेका केही नेताहरू भने माओवादी केन्द्रमा जाने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...