स्वतन्त्रबाट जितेका वडाध्यक्षसहित २ दर्जन नेता-कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

बैतडीमा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षसहित विभिन्न दलका करिब २ दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाशमणि भट्ट, वडा सदस्य गणेश धामी, जनकराज जोशी, दीपक बहादुर धामी, भरतबहादुर भट्ट, खडकसिंह धामी एमालेमा प्रवेश गरेको एमाले बैतडीले जनाएको छ । यस्तै, सुन्दरसिंह धामी, नर ब बोहरा, गोपाल बोहरा, कुमार लोहार, सगरमणि भट्ट, दीपक बोहरा, कुमार लोहार, सगर वड, मानवीर जागरी, संकर बोहरा, जिमला बोहरा, देव बोहरा र अमर बोहरा रहेका छन् ।

उनीहरूलाई जिल्ला इन्चार्ज कमरेड लिलाधर भट्ट, सुदूरपश्चिम प्रदेश सकारका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पालले स्वागत गरेका थिए । एमाले नेता समेत रहेका वडा नम्बर ५ का अध्यक्ष यज्ञ भट्ट यदुले बताए । यदुपनि स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । उनी केहीदिन अगाडिमात्रै एमालेमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...