एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैन : गृहमन्त्री लेखक



 

गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् ।बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । हामी दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै समस्या छैन,’ गृहमन्त्री लेखकले भने, ‘सरकारमा कुनै बाधा, व्यवधान अप्ठेरा छैनन् । आ–आफ्नो मन्त्रालयमा थप कसरी राम्रो काम गर्ने भन्ने कुरामा छलफल भएको छ । साथै, उनले सबै मन्त्रीहरूले पार्टीमा आ–आफ्नो मन्त्रालयका बारेमा ब्रिफिङ गरेको जानकारी गराए ।

‘सबै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा के के काम भइरहेको छ भन्नेबारे ब्रिफिङ गरिरहनुभएको छ,’ गृहमन्त्री लेखकले भने, ‘मन्त्रीजीहरूसमेत उपस्थित भएर छलफल भएको छ । अत्यन्त राम्रो र सौहार्दपूर्ण ढंगले छलफल भएको छ । सबै मन्त्रीहरूबाट एमालेसँग भएको ७ बुँदे समझदारी अनुसार अघि बढ्न केन्द्रीत हुनुपर्ने भनाइ आएको उनले जानकारी गराए । ‘सबै माननीय मन्त्रीज्यूहज्ञबाट आएको कुरा भनेको ७ बुँदे समझदारी अनुसार यो समीकरणलाई अघि लिएर जाने कुरामै हामी केन्द्रीत हुने हो,’ उनले भने, ‘दोस्रो सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढीभन्दा बढी सेवा राम्रोसँग प्रवाह गर्ने, आर्थिक सुशासन कायम गर्न केन्द्रीत भएर काम गर्ने कुरा भएको छ । नेपाली कांग्रेस र एमालेको सहमति अनुसार अघि बढ्न सभापति देउवाले निर्देशन दिएको उनले बताए ।

 

 

ओली सरकारमा काम गर्न समस्या छ : कांग्रेसका मन्त्री

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले काम गर्न प्रत्यक्ष असहयोग नभए पनि समस्या भने रहेको बताएका छन् । नेपाली कांग्रेसका शीर्ष नेता र मन्त्रीहरु बीच विहीबार भएको छलफलमा मन्त्रीहरुले काम गर्ने क्रममा आइपरेका समस्या र अप्ठ्याराबारे जानकारी गराएका हुन् । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा संसदीय कार्यसमितिमा छलफलका लागि १० मन्त्री र २ राज्यमन्त्रीलाई डाकिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीसँग काम गर्दा प्रत्यक्ष अप्ठ्यारो नभएपनि कहीँ न कहीँ समस्या रहेको मन्त्रीहरुले बताए ।

कति कुराहरु सोंचे अनुसार फास्ट हुनुपर्ने, त्यो कुराहरु कुनै न कुराबाट कहीँ न कहीँबाट अप्ठ्यारा महसुस हाम्रा साथीहरुले गर्नुभएको छ,’ पार्टीसँग छलफल पछि चौधरीले भने, ‘हाम्रा नेताहरु मिलेर समस्या समाधान गर्ने उपायहरु बताइरहनु भएको छ ।’ ६ महिनाको अवधिमा आफूले गरेका कार्यको विस्तृत जानकारी मन्त्रीहरुसँग लिने र आवश्यक सुझाव दिने गरी पार्टीले छलफल डाकेको थियो । प्रत्येक मन्त्रीले आफूले गरेका सुधार, उपलब्धि र अप्ठ्यारा बारे पार्टीलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय

एमालेसँग सहमतिमै अघि बढेका छौँ, कुनै समस्या छैन : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नभएको

सल्लाह गरेरै अध्यादेश ल्याइएको हो : कांग्रेस

    सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिँदै

    नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न तथा स्मार्ट बनाउने