ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी



हाम्रो इकोनोमि

 

 

समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केही समयअघिबाट जारी छ । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन् । लामो समयदेखि निष्क्रिय रहेको मोर्चा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालको सक्रियतमा ब्यूँताइएको हो । बैठकमा माओवादीबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेपाल समाजवादी पार्टीका अध्यक्ष यादव र सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ सहभागी छन् । यसअघि दुवै दलका शीर्ष नेताहरूको बैठक बसेर मोर्चालाई सक्रिय बनाउने सहमति गरेको थिए । कांग्रेस नेतृत्वको गठबन्धनमा हुँदा प्रचण्डले सरकार टिकाउने अस्त्रका रूपमा चार दललाई समेटेर मोर्चा गठन गरेका थिए । प्रचण्ड सरकारमै हुँदा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि सो दल मोर्चाबाट बाहिरिएको छ । यद्यपि, प्रचण्ड-माधवले मोर्चामा फेरि जोड्ने प्रयास जारी राखेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...