दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो र नकारात्मकता फैलाइएको बताएका छन् । सोमबार बिहान नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीसँग बालुवाटारमा कुराकानी गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफू कुनै दल फुटाउने र मिलाउने काममा नलाग्ने जिकिर गरे । उनले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले अध्यादेश ल्याएको पनि प्रष्ट पारे । ‘हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारीबोध गरेर दिउँसो वा राति काम हुुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो,’ प्रधानमन्त्री ओलीले भने ।

उनले मध्यराति सरकारले अध्यादेश ल्याएको भन्नेबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएको भन्दै सजग रहन आग्रह गरे । ‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र ? के बिहान साइत पारेर भ्रष्टाचार गरेरमा त्यो राम्रो हुन्छ र ?,’ प्रधानमन्त्री ओलीले भने । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यसको विरोध भयो भन्ने झूठो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...