माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।  विराटनगरमा एमाले कोशीको पाँचौँ बैठकमा शर्मा एमाले प्रवेश गरेका हुन् । विराटनगरस्थित पोष्टग्राजुयट क्याम्पसका प्राध्यापक डाक्टर शर्मा इतिहास र साहित्यका जानकार हुन् । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार रहेका शर्माले माओवादी विघटनको संघारमा रहेको जनाउँदै जनताको लोकप्रिय पार्टी एमाले प्रवेश गरेको बताए ।

शर्मालाई एमाले केन्द्रीय उपाध्यक्ष गुरु बराल, एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की लगायतले एमालेमा स्वागत गरेको एमाले कोशी प्रदेश सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीमज्वाला राईले बताए ।

त्यस्तै, एमाले कोशी प्रदेशको पाँचौँ बैठकले प्रत्येक पालिकाको वडा तहसम्म पार्टी नेता कार्यकर्ता पुग्ने गरी तीन महिने जरा अभियान सञ्चालन गर्ने योजना पास गराएको छ । माघदेखि चैतसम्म सञ्चालन हुने अभियान परिचालन गर्ने गरी पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अभियान योजनाको प्रस्ताव गरेको र संगठनात्मक कामको प्रस्ताव पार्टी कोशी सचिव राजकुमार भण्डारीले प्रस्तुत गरेको प्रचार तथा प्रकाशन विभाग उपप्रमुख राईले बताए ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...