तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी



हाम्रो इकोनोमि

 

 

उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल बेचेर रमाइरहने दिन धेरै नरहेको बताएका छन् । नेपाल आयल निगम लिमिटेडको ५५औंं वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘आयल निगमले जे जति व्यवसाय गर्छ, त्यसका विकल्पहरु आइसकेका छन् । निगमको व्यवसाय घटिरहेको छ । नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घटी नै रहन्छ । मन्त्री भण्डारीले नयाँ ढंगले नसोच्ने निगम टिकिरहन नसक्ने बताए । ‘तेलमात्रै बेचेर मुनाफामा रहेको भन्दै रमाउने अब धेरै दिन छैन’, उनले भने, ‘तेलमात्रै बेचेर नाफा कमायौं भनेर रमाइरहने आगामी दिनका हाम्रा यात्रा सहज छ या जोखिमपूर्ण छ भनेर हामीले सोच्नुपर्ने बेला छ ।

आयल निगमको व्यवसाय घटिरहेको र यसको विकल्प बढ्दो रहेकाले निगमको व्यापार घट्दो अवस्थामा रहेको मन्त्री भण्डारीले बताए । आयल निगमले विकल्प खोज्दै नयाँ योजना अघि सार्नुपर्ने मन्त्रीको सुझाव छ । आयल निगमले नयाँ नयाँ चिजको खोजी गरेर गुणस्तरीय सेवा दिन सोच्नुपर्ने मन्त्री भण्डारीले बताए । निगमले अहिले गरिरहेको कामप्रति मन्त्री भण्डारीले असन्तुष्ट जनाए । जनशक्ति धेरै भए पनि सोहीअनुसार काम भने नभएको, तर मागमात्रै बढेको उनले गुनासो गरे । डिपो स्थानान्तरणको काम सोचेअनुसार अगाडि नबढाएको भन्दै मन्त्री भण्डारीले कर्मचारीको काममा असन्तुष्ट जनाए । ‘परिणाम देख्नेगरी काम भएन । काम नै भएन भने यतिको संख्या किन ? हामी व्यवसाय बढाउने कुरा गरिरहँदा अहिलेकै अवस्थामा कामको गति सुस्त छ । यदि यहाँका कर्मचारीले काम गर्न सक्दैन भने हामी अरूलाई नै काम लगाउनुपर्ने हुनसक्छ’, मन्त्री भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...