प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा हुने १०औँ महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।महाधिवेशनको बन्द सत्रलाई पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने छन् । प्रेस चौतारी नेपालको सचिवालय बैठकले गरेको निर्णयलाई केन्द्रीय कमिटीको जुम बैठकले अनुमोदन गरेको संगठनका महासचिव हीरामान लामाले जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न संगठनका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । जसमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्य, प्रदेश समितिका अध्यक्ष तथा महाधिवेशन आयोजना गरिएको प्रदेश र जिल्ला अध्यक्ष सदस्य छन् ।

महाधिवेशनको व्यवस्थापनका लागि संगठनका सचिव तथा कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेलको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । व्यवस्थापन समिति सदस्य केन्द्रीय कार्यालयसँग समन्वय गरी संयोजकले आवश्यकताअनुसार निर्माण गर्न संयोजकलाई बैठकले जिम्मेवारी दिएको छ ।बैठकले संगठनका जिल्ला अधिवेशन माघ २५ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश अधिवेशन फागुन ७ गतेभित्र सक्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...