अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु



हाम्रो इकोनोमि

 

 

अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान एक होटल परिसरको पोखरीमा कार डुब्दा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्टको ज्यान गएको फेयर फ्याक्स काउन्टी प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार खड्काले चलाएको कार हिउँका कारण चिप्लिएर जमेको पोखरीमा खस्न पुगेको थियो । पोखरी गहिरो नभए पनि अत्यधिक चिसो पानी र उद्धारमा भएको ढिलाइका कारण दुवै जनाको मृत्यु भएको अनुमान गरिएको छ । मृतक खड्का सोही होटलमा कार्यरत थिए भने भट्ट रोजगारीको खोजीमा रहेका थिए । स्थानीय सुरक्षा अधिकारीहरूले यस स्थानमा यस्तो प्रकृतिको दुर्घटना हुनु असामान्य रहेको बताएका छन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको काउन्टी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...