समाजवादी नामका पसल चल्न दिदैनौं : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै समाजवाद नामका पसल चल्न नदिने बताएका छन् । अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नीति र नेतृत्व मानेर आउनेलाई एकताबद्ध गर्ने तर अनावश्यक भाउ भने नदिइने प्रष्ट पारे । अध्यक्ष ओलीले भने–हाम्रो नीति र नेतृत्व स्वीकार गरेर आउँछन् भने ठिक छ,तर बार्गेनिङ चल्दैन । समाजवादसँग कुनै साइनो नभएकाहरुले पनि समाजवाद भनेर हिँडेका छन् । समाजवाद नामका पसल खोल्न खोजेका छन् मान्छेहरुले । हामीले त्यो पसल चल्न दिनु हुँदैन । अनावश्यक भाउ दिनु पनि हुँदैन,किनकी सुका पर्ने भाउलाई एक रुपैया किन दिने ? अध्यक्ष ओलीले प्रजातन्त्रको नाममा,जनवादको नाममा मनपरी बोल्ने र अराजकता मच्चाउने छुट पार्टी तथा जनसंगठनहरुमा नदिइने प्रष्ट पारे । उनले कमिटीमा आफ्ना भनाइ राख्ने तर नेतृत्वले गरेको निर्णय बोकेर हिँड्नपर्ने बताए । उनले आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु एकताबद्ध भएर जाने र जितेर फर्किने बताए ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...