समाजवादी नामका पसल चल्न दिदैनौं : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै समाजवाद नामका पसल चल्न नदिने बताएका छन् । अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नीति र नेतृत्व मानेर आउनेलाई एकताबद्ध गर्ने तर अनावश्यक भाउ भने नदिइने प्रष्ट पारे । अध्यक्ष ओलीले भने–हाम्रो नीति र नेतृत्व स्वीकार गरेर आउँछन् भने ठिक छ,तर बार्गेनिङ चल्दैन । समाजवादसँग कुनै साइनो नभएकाहरुले पनि समाजवाद भनेर हिँडेका छन् । समाजवाद नामका पसल खोल्न खोजेका छन् मान्छेहरुले । हामीले त्यो पसल चल्न दिनु हुँदैन । अनावश्यक भाउ दिनु पनि हुँदैन,किनकी सुका पर्ने भाउलाई एक रुपैया किन दिने ? अध्यक्ष ओलीले प्रजातन्त्रको नाममा,जनवादको नाममा मनपरी बोल्ने र अराजकता मच्चाउने छुट पार्टी तथा जनसंगठनहरुमा नदिइने प्रष्ट पारे । उनले कमिटीमा आफ्ना भनाइ राख्ने तर नेतृत्वले गरेको निर्णय बोकेर हिँड्नपर्ने बताए । उनले आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु एकताबद्ध भएर जाने र जितेर फर्किने बताए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...