भीम उपाध्यायले आफ्नो चरित्रहत्या गर्न खोजेको लेखराज भट्टको आरोप



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले पूर्वसचिव भीम उपाध्यायले नशा सेवन गरेर आफ्नो चरित्रहत्या गर्न एमाले छाडेको अफवाह फैलाएको आरोप लगाएका छन् । मेलम्ची आयोजनाको भ्रष्टाचारका आरोपी पूर्वसचिव उपाध्यायले मंगलबार फेसबुकमा भट्टको फोटो राखेर उनले एमाले छाडेर माओवादीमा फर्किन लागेको भ्रामक पोष्ट गरेका थिए । लगत्तै भट्टले त्यसको खण्डन गरेका थिए । पूर्वसचिव उपाध्यायको भ्रामक पोष्टलाई माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा अझै पनि दौडाइरहेका बेला एमाले सचिव भट्टले भीम उपाध्यायले नशा उत्रिएपछि माफी मागेर सो स्टाटस हटाएको बताए ।

भट्टले भने, ‘कैयौं मान्छेहरु देख्नमा बौद्धिक लाग्छन्, तर उनीहरुमध्ये कैयौं मान्छेले गाँजा खाएर कमेन्ट गरेको देख्छु । नशा गरेर स्टाटस लेख्छन् कि जस्तो पनि मलाई लाग्छ । भीम उपाध्यायकै कुरा गर्ने हो भने उहाँको विवेक के हो, बौद्धिकता के हो भन्ने यहीबाट प्रस्ट हुन्छ नि ! म मन्त्री भइसकेको चिनजानकै मान्छे, एमालेको केन्द्रीय सचिव पनि हुँ । यसो फोन गरे हुन्न ? उहाँहरुले समाजलाई कहाँ लैजान खोज्दै हुनुहुन्छ । पछि साँझ फेरि नशा उत्रियो कि उहाँले सच्याउनुभयो, तर पनि यसमा माओवादीको षड्यन्त्र पनि छ । सचिव भट्टले तत्कालीन नेकपा एकताको शर्त प्रचण्डले पालना नगरेका कारण आफूले प्रचण्डसँगको २०३७ सालदेखिको सहकार्य तोडेर केपी ओलीलाई साथ दिएको बताए, उनले अब एमालेमा कुनै पूर्व समूह नरहेको भन्दै एमाले छाड्ने कुरा कल्पना पनि नगरेको प्रस्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...