लेखराज भट्टले एमाले छोडेको हल्ला



हाम्रो इकोनोमि

 

नेकपा (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले विचार र सिद्धान्तमा पराजय भोगेकाहरुले एमाले छाडेको भनेर कुप्रचार गरिरहेको बताएका छन् । उनले विचार र सिद्धान्तमा पराजय भोगेकाहरुले एमाले छाडेको भन्दै गरेको कुप्रचारप्रति आपत्ति जनाएका हुन् । ‘म तीन दिनदेखि हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी थिएँ तर मंगलबार सामाजिक सञ्जालमा एकाएक मेरो बारेमा पार्टी छोड्यो भनेर कुप्रचार गरेको कुरा अबेर साँझ निवासमा पुगेपछि थाहा पाएँ’, भट्टले भने, ‘यो सबै कुरा भ्रम हो । भट्टका अनुसार विचार र सिद्धान्तले नसक्नेहरुले उनको चरित्रहत्या गरेर विवादित बनाउने प्रयास गरिरहेका छन् । ‘म एमालेमै छु । आम जनता र कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दछु,’ उनले स्पष्ट पारे ।

यो कुप्रचार सोमबार भट्टको निर्वाचन क्षेत्रका केही कार्यकर्ताहरुले जारी गरेको एउटा विज्ञप्तिबाट सुरु भएको थियो । गोदावरी नगरपालिकाकी नगर कमिटी सदस्य कल्पना कुमारी विक र उनका श्रीमान् पूर्वनगर कमिटी सचिवालय सदस्य रुपलाल विकसहित ४६ जनाको हस्ताक्षर भएको विज्ञप्तिमा उनीहरुले पार्टी छाडेको उल्लेख थियो । यसैलाई आधार बनाएर पूर्वसचिव भीम उपाध्याय र माओवादी नेता दुर्गा जोशी भट्टलगायतकाले सामाजिक सञ्जालमा भट्टले पार्टी छाडेको भन्ने भ्रामक प्रचार गरेका थिए ।

‘जता पद पाइन्छ त्यता कुद्ने माओवादी नेताहरू,’ उपाध्यायले सामाजिक सञ्जालमा लेखेका थिए, ‘एमाले पार्टीका केन्द्रीय कमिटी सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज लेखराज भट्टलगायत ४६ जनाले एमाले पार्टी परित्याग गरे ।’ उपाध्यायले पछि आफ्नो स्टाटस हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस
रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...