भूकम्पले ओखलढुंगा, सोलु र संखुवासभामा ६ घर भत्किए



हाम्रो इकोनोमि

 

तिब्बत केन्द्रविन्दु बनाएर बिहान गएको भूकम्पबाट कोशी प्रदेशका हिमाली जिल्लामा प्रभाव परेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले केही घर क्षति पुगेको विवरण प्राप्त भएको छ । कोशीका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार अहिलेसम्म ६ वटा घर भत्किएको जानकारी आएको बताए । उनका अनुसार ओखलढुंगामा एक घर पूर्णरूपले क्षति पुगेको छ । ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार ओखलढुङ्गाको चिसंखुगढी गाँउपालिका- ५ शिरिसेका इन्द्रबहादुर परियारको घर पूर्णरूपमा भत्किएको छ । ४ वटा घरमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार ओखलढुंगाकै सिद्धीचरण नगरपालिका चुहान छापका हिमाल कार्कीको घरमा आंशिक क्षति पुगेको छ । सोलुखुम्बुको थुलुंङ दूधकोशीमा हर्कबहादुर खत्रीको घरमा क्षति पुगेको छ । यस्तै सोलुकै खुम्बु पासाङ्गल्यामु गाँउपालिकामा ङिमा शेर्पाको घर भत्किएको छ । संखुवासभाको भोटखोलामा तेन्जिङ्ग शेर्पाको घर पनि भूकम्पले भत्काएको छ । प्रहरीले क्षति पुगेका स्थानमा खोज र उद्धारको काम शुरू गरेको छ । क्षतिको अन्य विवरण संकलनको क्रममा रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...