केन्द्रीय कमिटी बैठक : थापा र गौतमको संयोजकत्वमा दुई समिति गठन



हाम्रो इकोनोमि

 

नेकपा एमालेको आइतबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ । बैठकमा अध्यक्षको सम्बोधनसँगै अलग अलग दुई समिति गठन भएका छन् । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा बहस नोट समिति गठन भएको छ । सो समितिको सदस्यमा केन्द्रीय सदस्य विष्णु रिजाल र निरज आचार्य सदस्य छन् । त्यस्तै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा रघुजी पन्त र खगराज अधिकारी सदस्य रहेको समसामयिक प्रस्ताव समिति गठन भएको छ । तीन दिनसम्म चल्ने बैठकमा समूह बनाएर अध्यक्षको प्रस्तावमाथि छलफल हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...