१० विमानस्थलमा रात्रिकालीन उडान हुने



हाम्रो इकोनोमि

 

 

नेपालमा रात्रिकालीन उडान हुने विमानस्थल संख्या १० पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो समय राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । योसँगै अब तीन अन्तर्राष्ट्रिय विमानस्थल र ७ आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सम्भव भएको हो ।प्राधिकरणका अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुने गरेको छ । यसैगरी मोरङ विराटनगर, झापा चन्द्रगढी, धनुषा जनकपुर, बाँके नेपालगञ्ज, बारा सिमरा र सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुन्छ । अहिले नेपालमा तीन अन्तर्राष्ट्रिय, तीन हबसहित ३५ विमानस्थलमा उडान भइरहेको छ । देशभरिका २० विमानस्थल भने बन्द अवस्थामा छन् । नेपालमा एक हेलिपोर्ट (नलिनचोक) छ । एक अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) निर्माण (प्रस्तावित) छ ।

 

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...