राजनीतिमा नफर्कन पूर्वराष्ट्रपतिलाई विश्वप्रकाशको सुझाव



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव दिएका छन् । राजनीतिमा भन्दा सामाजिक रुपान्तरणको नायक बन्न उनको सुझाव छ । शुक्रबार राजधानीमा भएकाे नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रममा उनले यस्ताे सुझाव दिएका हुन् ।

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ,’ उनले भने । राजनीतिमा आएर कुनै एक दलको नेता मात्र बन्ने अवसर पनि रहेको र सामाजिक रुपान्तरणको नायक बनेर सबैको नेता बन्ने सुविधा पनि पूर्वराष्ट्रपतिहरूमा रहेको उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा पुनः सक्रिय हुन खोजेका समाचारतर्फ संकेत गर्दै उनले उनले थपे, ‘यद्यपि राजनीतिमै आउन चाहनुभएको हो कि, नेताहरूले ल्याउन खोज्नुभएको हो । यदि मलाई कसैले सोध्छ भने म अहिलेसम्मका दुवै पूर्वराष्ट्रपति (विद्यादेवी भण्डारी र डा. रामवरण यादव) हरू सामाजिक रुपान्तरणको नायक बन्नुपर्छ भन्ने मान्यता राख्दछु ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...