कुवेतबाट काठमाण्डौ आउँदा आउँदै एक नेपालीको आकाशमै मृत्यु



हाम्रो इकोनोमि

 

कुवेतबाट काठमाण्डौ आउँदै गरेको हिमालयन एयरको उडान नम्बर H9572  विमानमा सवार एक जना नेपाली नागरिकको हृदयघातका कारण मृत्यु भएको छ । उक्त विमानले स्थानीय समयअनुसार ०२:३४ बजे उडान शुरु गरेको थियो । केही घण्टामै एक यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि ओमनको मस्कट विमानस्थलमा आपतकालीन अवतरण गराईयो । यात्रु मृत भएको चिकित्सकले जानकारी दिएपछि विमानलाई  मस्कटबाट कुवेततिरै फिर्ता गरिएको छ । मृतकलाई मेडिकल प्रकृया पूरा गर्न कुवेतमा छोडेर काठमाण्डौ ल्याउने तयारी भैरहेको बुझिएको छ । अहिले बिहान  ९ : १० बजे अवतरण हुनु पर्ने विमान आज साँझ ७ बजे मात्रै आउने छ । मृतकको विस्तृत विवरण खुल्न सकेको छैन । यात्रु मृत भएको चिकित्सकले जानकारी दिएपछि विमानलाई  मस्कटबाट कुवेततिरै फिर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...