वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्छु : भीम रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको बताएका छन् । आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजनीतिक परिवर्तनपछि जनताको अपेक्षा अनुसार राजनीति, राज्य र दलहरु अग्रसर नभएको उनको निष्कर्ष छ । उनले भने, ‘राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमान समेत चुनौतिग्रस्त बनेको छ। यस्तो स्थितिमा राजनीतिक दल र सरकार बढी जिम्मेवार, राष्ट्रिय हितमा कटिबद्ध हुनुपर्थ्यो । सुशासन र जनताको हितमा तल्लीन हुनुपर्थ्यो । तर आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अबमुल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन बाटोमा घर्केलिएको छ । एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नु पदा अत्यन्त दुःख लागेको बताए । उनले थपे, ‘अन्य कतिपय दलहरु पनि सोही बाटोमा हिँडिरहेका छन् । त्यसकारण देशका स्वाधीनता, स्वाभिमान, हितको रक्षा र सम्वर्धन तथा जनताका आवश्यकता र आकार्षा पूरा गन बाटोमा राज्यलाई डोन्याउनको लागि देशभक्तिपूर्ण भावना र चेतले युक्त जनमत र सरकारका आवश्यकता छ । देश बलियो भने जनता बलिया हुन्छन्, जनता समृद्ध भए देश बलियो हुन्छ मान्यतालाई बलियो गरी समात्नु आवश्यक छ । यसको लागि राष्ट्रव्यापी अभियान चलाउनु पर्छ । भ्रष्टाचार, कुशासन, स्वेच्छाचारी क्रियाकलापकाविरुद्ध जनतालाई सजग र क्रियाशील बनाउनुपर्ने बताए ।

उनले भने, ‘राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ । मातृभूमि जागरण जनभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समदायलाई एकताबद्ध गर्नुपर्छ । देश र जनताले भोगिरहेका समस्याहरुको समाधान र चुनौतीहरुको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनु पर्छ ।’ स्वदेश र प्रवासमा रहेका नेपालीहरुका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्ने बताए । देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको ‘सर्वोपरी हितमा परिचालित र उपयोग हुनुपर्ने क्रालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ । राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरी हित पूरा गर्न माध्यम र साधन मात्र हुन्, देश सबैभन्दा माथि हुन्छ धारणालाई बलियो गरी अवलम्वन गर्नुपर्छ’, उनले भने । विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थ रुपमा दृढताका साथ हिँड्नुपर्ने बताए । उनले रावलले थपे, ‘यस्ता मान्यताहरुको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रो पाइला र प्रयासहरु अगाडि बढ्ने छन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...