भुटानी राजपरिवारको सदस्यहरु काठमाडौंमा



हाम्रो इकोनोमि

 

 

भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार काठमाडौं आएका उनीहरुले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्यक्रम छ । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक काठमाडौं आएर फर्किएको तीन सातापछि उनका सासु–ससुराको टोली आएको हो । निजी भ्रमणको सिलसिलामा भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक २१ मंसिरमा काठमाडौं आएका थिए । स्वयम्भू र बौद्धनाथमा पूजा गरेर उनी सोही दिन स्वदेश फर्किएका थिए । उनी फर्किएपछि सासु–ससुरा र गृहमन्त्रीसहित १३ जनाको टोली विहीबार काठमाडौं आएको स्रोतले बतायो । ‘उहाँहरुको भ्रमण नितान्त निजी हो,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘अनौपचारिक भ्रमण भएकाले यात्राको रुटमा सामान्य स्कर्टिङको व्यवस्था मिलाइएको छ । भुटानको टोली सोल्टी, हायत र याक एण्ड यती होटलमा बसेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...