पार्टी ठिक ढंगले चलेन, सक्रिय राजनितिमा आउँछु : पूर्वराष्ट्रपति भण्डारी



हाम्रो इकोनोमि

 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक साता पोखरामा बिताइन् । पुस २ गते पोखरा आएकी उनी ८ गते मात्र काठमाडौं फर्किइन् । विशेष गरी ३ वटा कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । उहाँ विशुद्ध धार्मिकस्थलमा सहभागी हुनुभयो । भेट्न इच्छा राख्ने नेता कार्यकर्तासँग भेटघाट पनि गर्नुभयो,’ पूर्वराष्ट्रपतिकी मितिनीसमेत रहेकी पोखराकी उपमेयर मञ्जुदेवी गुरुङले भनिन् । यो बीचमा उनले संघीय सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ, एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारी, एमाले गण्डकी अध्यक्ष नवराज शर्मा, कास्की जिल्लाका नेता तथा एमाले मन्त्री बनेका नेता, सांसद लगायत एक दर्जन भन्दा बढी नेतासँग वानटुवान तथा समूहमा भेटघाट गरिन् । एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले पूर्वराष्ट्रपति र पार्टीको पूर्व नेताको रूपमा नेता कार्यकर्तासँग भेटघाट भएको बताए । भेटघाटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले पार्टीका क्रियाकलापप्रति असन्तुष्टि व्यक्त गरेको इन्चार्ज थापाले बताए । थापाले भने, ‘उहाँले पूर्वराष्ट्रपति र पार्टीको पूर्व नेताको रूपमा नेता कार्यकर्तासँग भेटघाट गर्नुभयो । जुन ढंगले पार्टी अगाडि बढ्नुपर्ने हो । त्यो भएको छैन भनेर भन्नुभयो । चौतर्फी नकारात्मक कुरा छ । नेता कार्यकर्ताको स्वार्थका कारण पार्टीमा समस्या छ भन्नुभयो । पार्टीको नेतृत्वमा जाने कुरामा चाहिँ पार्टीले जे भन्छ त्यहीँ गर्ने एमालेकी पूर्व उपाध्यक्ष भण्डारीको भनाइ थियो । पूर्वराष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै कास्की इन्चार्ज थापाले भने, ‘पार्टीले सांसदमा उठायो,जनतले जिताए । पार्टीले पठाएर २ पटक मन्त्री भइयो । राष्ट्रपतिमा रुचि नराखे पनि पार्टीले भनेर गएँ । अब पनि पार्टीले जे भन्छ त्यही गर्छु । उनी सहभागी भएको अधिकांश कार्यक्रममा बाक्लो मात्रामा नेता कार्यकर्ताको उपस्थिति थियो । कार्यकर्ताले भण्डारीलाई न्यानो स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...