आजदेखि चितवनको सौराहामा हात्ती तथा पर्यटन महोत्सव



हाम्रो इकोनोमि

 

 

चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । अग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसर पारेर क्षेत्रीय होटल संघ सौराहाले हात्ती तथा पर्यटन महोत्सव आयोजना गरेको हो । आगामी पुस १५ गतेसम्म ५ दिन चल्ने महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुनेछ । हात्ती तथा पर्यटन महोत्सवले सौराहामा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित र वृद्धि गर्ने उद्देश्य राखिएको छ । अहिले ४० प्रतिशत रहेको सौराहाका होटलको अकुपेन्सी दर महोत्सवका अवसरमा २० देखि २५ प्रतिशत बढ्ने अपेक्षा गरिएको छ । यहाँका होटलहरुले महोत्सवका अवसरमा पर्यटकहरुलाई आर्कषित गर्न होटल तथा रेष्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुट दिएको जनाएका छन् । अघिल्लो वर्ष चित्रसारी पुल नजिकैको चौरमा महोत्सव गरिएकोमा यसपटक पुनः बाघमारा चौरमा नै गर्न लागिएको हो । महोत्सवमा हात्तीको श्रृगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगा प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसँग बीटुबी गोष्ठी, चितवनको पर्यटनको सम्भावना हिजो र आज विषयक अन्र्तक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृतिसहित झाँकी प्रर्दशन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति तथा महिला उद्यमी र स्थानीय कृषि उत्पादनको प्रर्दशनी पनि राखिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...