एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल



हाम्रो इकोनोमि

 

 

एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा जाने चर्चा चल्न थालेको छ । यद्यपि यो हल्ला अहिलेमात्रै चलेको होइन, एमालेको १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल अहिले एमालेमा निष्क्रिय जस्तै छन् । पार्टीको साधारण सदस्यबाहेक अन्य कतै अटाएका छैनन् । एमालेले धलेकेर डिलमा पुर्‍याइसकेका रावल अझै पार्टी नछाड्ने अड्डी कसेर बसेका छन् । पछिल्लो समय एकीकृत समाजवादीमा जाने चर्चाबारे हामीले नेता रावललाई सोध्यौं, तर उनले आफू अहिले एमाले छाडेर कतै जाने मनस्थितिमा नरहेको सुनाए । उनले भने, ‘म अहिले कहीँ पनि जान्न । मेरोबारेमा गरिएको हल्लामा कुनै सत्यता छैन । म एमालेमै रहन्छु मेरो सदस्यता एमालेमै छ। उनले एकीकृत समाजवादीमा जाँदैछ भनेर चलाएको हल्लामा कुनै सत्यता नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...