शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन



हाम्रो इकोनोमि

 

 

 

मानव बेचबिखन विरुद्धकी अग्रणी अभियन्ता तथा शक्ति समूहकी संस्थापक अध्यक्ष सुनिता दनुवारको आज बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार दनुवार काठमाडौंको जोरपाटीस्थित आफ्नै निवासमा सुतेकै अवस्थामा मृत फेला परेकी हुन् । उनका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा उनलाई अचेत अवस्थामा फेला पारेका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ । मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अधिकारका लागि लड्दै आएकी दनुवारको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमासमेत मान्यता प्राप्त थियो । अमेरिकाको फर्च्युन म्यागेजिनले उनलाई विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा समावेश गरेको थियो । यसैगरी, सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले उनलाई ‘टिप हिरो’को रुपमा सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...