शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन



हाम्रो इकोनोमि

 

 

 

मानव बेचबिखन विरुद्धकी अग्रणी अभियन्ता तथा शक्ति समूहकी संस्थापक अध्यक्ष सुनिता दनुवारको आज बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार दनुवार काठमाडौंको जोरपाटीस्थित आफ्नै निवासमा सुतेकै अवस्थामा मृत फेला परेकी हुन् । उनका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा उनलाई अचेत अवस्थामा फेला पारेका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ । मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अधिकारका लागि लड्दै आएकी दनुवारको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमासमेत मान्यता प्राप्त थियो । अमेरिकाको फर्च्युन म्यागेजिनले उनलाई विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा समावेश गरेको थियो । यसैगरी, सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले उनलाई ‘टिप हिरो’को रुपमा सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...