भावी राजनीतिबारे छलफलमै छु, कुनै निर्णय गरेको छैन : भीम रावल



हाम्रो इकोनोमि

 

 

नेता भीम रावलले भावी राजनीतिबारे आफू गहन अध्ययनमा रहेको बताएका छन् । एकीकृत समाजवादीका कतिपय नेताहरूले रावललाई पार्टीमा  भित्रार्‍यउने प्रयास गरिरहेका बेला उनले आफू त्यस्तो छलफलमा नरहेको बताए । ‘म सुदूरपश्चिम भ्रमण सकेर काठमाडौं फर्किएको छु । कुनै पनि दलका नेतासँग त्यसप्रकार (एकता वा प्रवेश)को छलफलमा छैन । अन्य पार्टीमा के कस्ता छलफल भए त्यो पनि मेरो जानकारीमा रहने कुरा भएन,’ रावलले  भने । तथापि, भावी राजनीतिबारे आफू गहन अध्ययन र विश्लेषणमा रहेको उनले बताए । नेता रावल भन्छन्, ‘म सम्पूर्ण परिस्थितिको गहन अध्ययन र विश्लेषणमा छु । विभिन्न पक्ष र नेतासँग परामर्श पनि गरिरहेको छु । तर, कुनै निर्णय गरिसकेको छैन ।’२०७८ साल मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा रावल केपी शर्मा ओलीसँग अध्यक्ष पदमै प्रतिस्पर्धामा उत्रिएका थिए । पराजित भएपछि रावल एमालेमा भूमिकाविहीन छन् । नवौं महाधिवेशनमा भने रावल उपाध्यक्षमा निर्वाचित भएका थिए । दशौं महाधिवेशनसम्म पुग्दा एमाले विभाजन भएर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...