भावी राजनीतिबारे छलफलमै छु, कुनै निर्णय गरेको छैन : भीम रावल



हाम्रो इकोनोमि

 

 

नेता भीम रावलले भावी राजनीतिबारे आफू गहन अध्ययनमा रहेको बताएका छन् । एकीकृत समाजवादीका कतिपय नेताहरूले रावललाई पार्टीमा  भित्रार्‍यउने प्रयास गरिरहेका बेला उनले आफू त्यस्तो छलफलमा नरहेको बताए । ‘म सुदूरपश्चिम भ्रमण सकेर काठमाडौं फर्किएको छु । कुनै पनि दलका नेतासँग त्यसप्रकार (एकता वा प्रवेश)को छलफलमा छैन । अन्य पार्टीमा के कस्ता छलफल भए त्यो पनि मेरो जानकारीमा रहने कुरा भएन,’ रावलले  भने । तथापि, भावी राजनीतिबारे आफू गहन अध्ययन र विश्लेषणमा रहेको उनले बताए । नेता रावल भन्छन्, ‘म सम्पूर्ण परिस्थितिको गहन अध्ययन र विश्लेषणमा छु । विभिन्न पक्ष र नेतासँग परामर्श पनि गरिरहेको छु । तर, कुनै निर्णय गरिसकेको छैन ।’२०७८ साल मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा रावल केपी शर्मा ओलीसँग अध्यक्ष पदमै प्रतिस्पर्धामा उत्रिएका थिए । पराजित भएपछि रावल एमालेमा भूमिकाविहीन छन् । नवौं महाधिवेशनमा भने रावल उपाध्यक्षमा निर्वाचित भएका थिए । दशौं महाधिवेशनसम्म पुग्दा एमाले विभाजन भएर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...