टीयू क्रिकेट रंगशाला समयमै निर्माण सक्छौं : प्रधानमन्त्री



 

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणको काम निर्धारित समयमै सक्ने प्रतिबद्धता जनाएका छन् । आज बोलपत्र आह्वान भएपछि तीन सिफ्टमा फटाफट काम गरेर निर्धारित समयमै सम्पन्न गर्ने उनले बताए । ‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौं’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्कासहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्‍यौं । त्यसबेला क्यानका पदाधिकारीहरुले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौं भन्ने सल्लाह दिनुभएको थियो । जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लागेको उनले उल्लेख गरेका छन् । उनले थपेका छन्, ‘त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो । आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ । अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्नेछ । यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहनेछ ।’ प्रधानमन्त्री ओलीले काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
समाजवादी मोर्चाले काठमाडौंमा आमसभा गर्ने

    समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा आमसभा गर्ने निर्णय गरेको छ

प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ ।

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एकीकृत समाजवादी विभाजनको संकेत

    नेकपा एकीकृत समाजवादी को अपानीमा  भनेकोछ, हामीलाई बाहिरबाट आक्रमण गर्ने र