भाइ बितेको चार महिनापछि दाइ विवेक पंगेनीको निधन



हाम्रो इकोनोमि

 

 

अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको निधन भएको छ । अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको हो । विवेकलाई ब्रेन क्यान्सर भएको थियो । चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन् । श्रीमानप्रति सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको थियो । निरन्तर उपचारका बाबजुद केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो । हिजो उनको निधन भएको सिर्जनाका पिता शिव सुवेदीले पुष्टि गरे । विवेकका पिता मिनराज पंगेनी अमेरिका प्रस्थान गरिसकेको बुझिएको छ । श्रीमानकाे अवस्था नाजुक बनेपछि सिर्जनाले ससुरालाई नेपालबाट बाेलाएकी थिइन् । शव नेपाल ल्याउने वा नल्याउने टुंगो नलागिसकेकाे सुबेदीले बताए । विवेक २०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा अमेरिका गएका थिए । अमेरिका पुगेको ५ महिनापछि नै पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि उनी नेपाल आए । आमाको काजक्रिया सकेपश्चात अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको आफ्नै स्वास्थ्यमा समस्या देखिएको थियो । अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा थाहा भयो, विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ । चौंथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि छाँगाबाट खसे झैं भए विवेक र सिर्जना । त्यसपछि उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो । दुईवटा शल्यक्रिया गरेर र ७० प्रतिशत ट्युमर निकालिएको थियो । बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत लामो समयदेखि भइरहेको थियो । विवेक अमेरिकामा मृत्युसँग संघर्ष गरिरहँदा नेपालमा उनका भाइ विवेक पंगेनीको दुर्घटनामा निधन भएको थियो । भाइ अस्ताएको चार महिनापछि दाइको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...