धनराजको श्रीमतीले १४ करोड ८१ लाख रकम अपचलन गरेको देखिन्छ : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले कांग्रेसका उपसभापति धनराज गुरुङ र उनीकी श्रीमतीबीच सहकारी डिभोर्स भएको टिप्पणी गरेका छन् ।  काठमाण्डौमा आज एक कार्यक्रममा सम्बोधन गर्दै सहकारी ठगहरुलाई आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि कानूनको दायरामा ल्याउने बताए । उनले भने, ‘धनराज गुरुङको विषयमा हाम्रो अन्तिम समयतिर जानकारीमा आयो । त्यसपछि म स्थलगत निरिक्षणमा गएको, त्यसको अध्यक्षलाई ल्याएर सोछपुछ गरेको र उहाँको श्रीमती अमेरिकामा छन् ल्याएर अनुसन्धानको दायरमा ल्याउनुपर्छ । यो सहकारी सम्बन्धबिच्छेद भएको देखिन्छ । सहकारीमा ठगीको घटना सार्वजनिक भएपछि डिभोर्स भएको देखिन्छ । त्यसैले धनराजमाथि पनि अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्न निर्देशन दिएका छौं । उहाँले सिधैं होइन । १४ करोड ८१ लाख उहाँको श्रीमतीले अपचलन गरेको, त्यो रकम बाहिर लगेको, त्यसबारेमा धनराजमाथि पनि सिआइबीले अनुसन्धान थालेको छ । कानून बमोजिम कारवाही गर्ला । उहाँले अनुसन्धानको दायरबाट बाहिर हुनुहुन्न । उनले ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको नाममा समेत रेडकर्नर नोटिस जारी भइसकेको बताए । आफू नेतृत्वको छानविन समितिको प्रतिवेदन व्यक्तिकेन्द्रित मात्रै नभएको दाबी गरे । सहकारी ठगी अभियोगमा फरार जिबी राईको राहदानी रोक्का भइसकेको भन्दै सरकार नेपाल ल्याउने प्रक्रियामा लागिरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...