धनराजको श्रीमतीले १४ करोड ८१ लाख रकम अपचलन गरेको देखिन्छ : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले कांग्रेसका उपसभापति धनराज गुरुङ र उनीकी श्रीमतीबीच सहकारी डिभोर्स भएको टिप्पणी गरेका छन् ।  काठमाण्डौमा आज एक कार्यक्रममा सम्बोधन गर्दै सहकारी ठगहरुलाई आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि कानूनको दायरामा ल्याउने बताए । उनले भने, ‘धनराज गुरुङको विषयमा हाम्रो अन्तिम समयतिर जानकारीमा आयो । त्यसपछि म स्थलगत निरिक्षणमा गएको, त्यसको अध्यक्षलाई ल्याएर सोछपुछ गरेको र उहाँको श्रीमती अमेरिकामा छन् ल्याएर अनुसन्धानको दायरमा ल्याउनुपर्छ । यो सहकारी सम्बन्धबिच्छेद भएको देखिन्छ । सहकारीमा ठगीको घटना सार्वजनिक भएपछि डिभोर्स भएको देखिन्छ । त्यसैले धनराजमाथि पनि अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्न निर्देशन दिएका छौं । उहाँले सिधैं होइन । १४ करोड ८१ लाख उहाँको श्रीमतीले अपचलन गरेको, त्यो रकम बाहिर लगेको, त्यसबारेमा धनराजमाथि पनि सिआइबीले अनुसन्धान थालेको छ । कानून बमोजिम कारवाही गर्ला । उहाँले अनुसन्धानको दायरबाट बाहिर हुनुहुन्न । उनले ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको नाममा समेत रेडकर्नर नोटिस जारी भइसकेको बताए । आफू नेतृत्वको छानविन समितिको प्रतिवेदन व्यक्तिकेन्द्रित मात्रै नभएको दाबी गरे । सहकारी ठगी अभियोगमा फरार जिबी राईको राहदानी रोक्का भइसकेको भन्दै सरकार नेपाल ल्याउने प्रक्रियामा लागिरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...