पत्रकार महासंघको गरिमा जोगाउँछौँ : निर्मला शर्मा



हाम्रो इकोनोमि

 

 

यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा नेतृत्वका लागि उम्मेदवारी दिएकाहरुले महासंघको गरिमा र कुन्ठित हुँदै गइरहेको प्रेस स्वतन्त्रता जोगाउन आफूहरु डटेर लाग्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्षमा उम्मेदवारी दिएकी निर्मला शर्माले विगत ३० वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएको र पेशाभित्रको वास्तविकता आफूलाई प्रष्टसँग थाहा भएकाले पत्रकारहरुमा सबैखाले मुद्दाहरुको समाधानमा आफू सक्षम भएको बताइन् ।उनले पत्रकार महासंघलाई आजको गौरवपूर्ण अवस्थामा पुर्‍याउन आफूले अथक मेहेनत गरेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनमा सिपाही रुपमा भूमिका खेलेको पनि बताइन् । उनले पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथि कुन्ठित गर्ने काम हुने गरेकोले त्यो बेला आफू पक्राउसमेत परेको बताइन् । उनले भनिन्, ‘म पत्रकार महासंघ र मिडियामा विगत ३० वर्षदेखि लगातार आवद्घ छु । मिडियामा श्रम गरिरहेको छु । त्यसैगरी पत्रकार महासंघलाई यो ठाउँमा पुर्‍याउनको लागि धेरै योगदान गरेको छु । प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको हरेक आन्दोलनको सिपाइ हुँ । पत्रकार महासंघमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि समयमा राज्य तथा गैरराज्यबाट प्रेस स्वतन्त्रतामाथि कुन्ठित गर्दा आफू डटेर लागेको हुँ ।’ साथै, उनले पत्रकारिता नै आफ्नो अभियान भएको बताइन् । आफू लोकतन्त्रसँग विश्वास गर्ने र अभिव्यक्ति प्रेस तथा स्वतन्त्रताको पक्षधर भएको सच्चा श्रमजीवि पत्रकार भएको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...