पत्रकार महासंघको लागि प्रेस चौतारी र प्रेस युनियनको साझा प्यानल घोषणा



 

 

सत्ता गठबन्धनमा सँगै रहेका नेपाली कांग्रेस र नेकपा एमालेनिकट पत्रकारका सङ्गठन प्रेस युनियन र प्रेस चौतारीले आगामी मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि संयुक्त प्यानल घोषणा गरेका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका माझ एमाले निकटको प्रेस चौतारी नेपाल र काङ्ग्रेस निकट प्रेस युनियनले साझा उम्मेदवार घोषणा एवं परिचय कार्यक्रम सम्पन्न गरेका हुन् । योसँगै अब महासङ्घको चुनावका लागि दुई सङ्गठनको संयुक्त प्यानल आधिकारिक रूपमा मैदानमा उत्रिएको छ । कार्यक्रममा महासङ्घका पूर्व सभापतिहरू सुरेश आचार्य, महेन्द्र विष्ट, विपुल पोखरेले लगायत भने कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्याशी निर्मला शर्माले सबैजसो पूर्व सभापतिहरूको समर्थन आफूसँग रहेको बताइन् । शर्माले आफू तीस वर्ष देखि लगातार पत्रकारितामा क्रियाशील रहेको र यस पटक समावेशी नेतृत्व स्थापित हुने विश्वास समेत व्यक्त गरेकी थिइन् । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष शिव लम्सालले यस पटक इमानदारीताका साथ संयुक्त समूहलाई जिताउन अपिल गरेका थिए ।

उम्मेदवारहरूको नामावली

अध्यक्ष– निर्मला शर्मा

वरिष्ठ उपाध्यक्ष– दीपक आचार्य

महिला उपाध्यक्ष– नितु पण्डित

समावेशी उपाध्यक्ष– उमिद प्रसाद बागचन्द

महासचिव –रामप्रसाद दाहाल

सचिव खुल्ला– रमेश खतिवडा

सचिव महिला– सोनी शर्मा

सचिव आदीवासी– जनजाति सविन प्रियासन

सचिव मधेशी– अशोक कुमार तिवारी

सचिव दलित– प्रकाश थौलाकोटी

सचिव एसोसिएट– बैकुण्ठराज पराजुली

कोषाध्यक्ष– रामकृष्ण ज्ञवाली

खुल्ला सदस्य

छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्द प्रसाद भण्डारी, रामेश्वर कार्की, लवदेव ढुंगाना

कोशी प्रदेश सदस्य– कमलमणि रिजाल, शंकर खरेल

मधेस प्रदेश सदस्य– राजेश कर्ण, अच्युतम् कुमार सापकोटा

वागमती प्रदेश सदस्य– नवराज पथिक, नारायण अधिकारी

गण्डकी प्रदेश सदस्य– केवि राना,कृष्ण केसी

लुम्बिनि प्रदेश सदस्य– रामराज पोखरेल, विकास बन्जाडे

कर्णाली प्रदेश सदस्य– तुलाराम पाण्डे, नगेन्द्र प्रसाद उपाध्याय,

सूदूरपश्चिम प्रदेश सदस्य– योगेन्द्र वहादुर रावल, सुरेश पन्त

उपत्यका प्रदेश सदस्य– विनोद प्रसाद चौलागाई, पुस्करराज बुढाथोकी

प्रतिष्ठान प्रदेश सदस्य– नरेन्द्र मानन्धर, सविता शर्मा

संस्थागत सदस्य (एशोसिएट सदस्य)– पवित्रा मुडभरी, मुक्तिवावु रेग्मी

महिला सदस्य मधेसी– रुवि कुमारी रौनियार

आदिवासी सदस्य – माला मालुङ्वा

खस आर्य – लिला शाह योगी

दलित सदस्य– सिकेन्द्र पासवन निर्बिरोध

दलित सदस्य महिला– निर्विरोध

आदिवासी जनजाति सदस्य– भरत जर्घामगर

आदिवासी जनजाति महिला– निर्विरोध

मधेसी सदस्य– राज करण महातो

मधेसी महिला सदस्य– ललिता साह

अपाङ्गता भएका सदस्य– भूपराज बस्याल

अल्पसंख्यक सदस्य– लक्ष्मण थामी

लेखा समिति सदस्य– केशव प्रसाद वोहरा

लेखा समिति सदस्य (महिला) – रुक्मिणी पोखरेल

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

शिक्षक महासंघले भन्यो : निजी विद्यालय पनि बन्द गरौ

    शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह