ठमेलको छाया कम्प्लेक्स भत्काउनुपर्ने भन्दै प्रदर्शन



हाम्रो इकोनोमि

 

 

ठमेलको १५ तल्लाको छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । ठमेलस्थित व्यापारिक भवन छायादेवी कम्प्लेक्स ऐतिहासिक सार्वजनिक पोखरी मिचेर बनाइएको र पोखरी नै कायम हुनु पर्ने माग राखी आइतबार काठमाडौंको सुन्धरा क्षेत्रमा प्रदर्शन भएको हो । लिच्छविकालीन सम्पदा , इतिहास मेटाएर व्यापारिक भवन छायादेवी कम्प्लेस बनाउने कार्यमा संलग्नलाई कारवाही गर्दै उक्त सम्पदा पुनः सरकारको स्वामित्वमा ल्याउन समेत माग गरिएको छ । प्रदर्शनकारीहरुले छाँयादेवी कम्प्लेक्स बहिष्कार गरौ, कमलपोखरी पुर्नस्थापित गरौ, सम्पदा संरक्षण अभियानमा सवै नेपाली एक हौ लगाएतका प्लेकार्ड प्रदर्श गरेका थिए । विक्रमशिल महाविहारको ऐतिहासिक कमलपोखरी र त्यसको डिल पुरेर व्यापारिक कम्प्लेस छायासेन्टर निर्माण गरेको भन्दै संरक्षण अभियन्ताहरूले पनि ऐतिहासिक पोखरीमा बनाइएको उक्त कम्प्लेस भत्काउनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा रहेको अवस्थामा अदालतबाट देशको अमूल्य सम्पदा विनास नहुने गरि न्यायसम्पादन हुने समाजको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...