ठमेलको छाया कम्प्लेक्स भत्काउनुपर्ने भन्दै प्रदर्शन



हाम्रो इकोनोमि

 

 

ठमेलको १५ तल्लाको छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । ठमेलस्थित व्यापारिक भवन छायादेवी कम्प्लेक्स ऐतिहासिक सार्वजनिक पोखरी मिचेर बनाइएको र पोखरी नै कायम हुनु पर्ने माग राखी आइतबार काठमाडौंको सुन्धरा क्षेत्रमा प्रदर्शन भएको हो । लिच्छविकालीन सम्पदा , इतिहास मेटाएर व्यापारिक भवन छायादेवी कम्प्लेस बनाउने कार्यमा संलग्नलाई कारवाही गर्दै उक्त सम्पदा पुनः सरकारको स्वामित्वमा ल्याउन समेत माग गरिएको छ । प्रदर्शनकारीहरुले छाँयादेवी कम्प्लेक्स बहिष्कार गरौ, कमलपोखरी पुर्नस्थापित गरौ, सम्पदा संरक्षण अभियानमा सवै नेपाली एक हौ लगाएतका प्लेकार्ड प्रदर्श गरेका थिए । विक्रमशिल महाविहारको ऐतिहासिक कमलपोखरी र त्यसको डिल पुरेर व्यापारिक कम्प्लेस छायासेन्टर निर्माण गरेको भन्दै संरक्षण अभियन्ताहरूले पनि ऐतिहासिक पोखरीमा बनाइएको उक्त कम्प्लेस भत्काउनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा रहेको अवस्थामा अदालतबाट देशको अमूल्य सम्पदा विनास नहुने गरि न्यायसम्पादन हुने समाजको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...