मन्त्री अमन मास्केद्धारा एकै पटक चार आयोजनको उद्घाटन



 

 

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले एकैपल्ट चारवटा आयोजनाको उद्घाटन गर्नुभएको छ । मन्त्रालयले निमार्ण गरेको सिन्धुली–भिमस्थान – चकमके – उदयपुर कटारी सडक , लङ्गर खोला पक्की पुल , नेपाल रेकक्रश सोसाइटी वेलघारी उपशाखा भवन र भिमस्थान बेलघारी शहरी सडकको उद्धघाटन गर्नुभएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालय सिन्धुली र शहरी विकास तथा भवन कार्यालय सिन्धुली अन्र्तगत निमार्ण सम्पन्न भएको लङ्गुर खोला पक्की पुल निमार्ण अन्र्तगत ४,२२,०९,२६८ रुपौया लागतमा ८.४० मि को पुल निमार्ण सम्पन्न भएको हो । त्यस्तै सिन्धुली – भिमस्थान – चकमके – कटारी सडक ९,५६,५१,९०४ रुपौया लागतमा ३.७६ कि.मि सडक सम्पन्न भएको छ भने नेपाल रेडक्रस सोसाइटी वेलघारी उपशाखा भवन ६५०००८२ रुपैया लागतमा सम्पन्न भएको हो । सिन्धुलीको तीनपाटन गाँउपालिका बेलघारी बजारमा आयोजित समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले प्रदेश सरकार निरन्तर जनताको मर्म अनुरुप काममा रहेको बताउनु भयो । “हामी विकास निर्माणका काममा तल्लीन छौँ, विकास निर्माणको कामलाई तीव्रता दिने उहाँको भनाइ थियो । उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्नुहुदै भौतिक पूर्वाधार विकासमन्त्री मास्केले सरकार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको बताउनुभयो । “राजनेता प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र मन्त्रालयको योजनामा प्रदेशलाई विकसित प्रदेशमा रुपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौँ”, उहाँको भनाई छ। पूर्वाधार क्षेत्रहरू स्पष्ट गर्दै अबको पूर्वाधार विकासलाई सय वर्ष पछिसम्मको आवश्यकता हेरेर गुणस्तरीय निर्माण गर्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा मन्त्रालयका सचिव अमृत श्रेष्ठ, जनप्रतिनिधिहरु , राजनैतिक दलका प्रतिनिधि र स्थानिय बासीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
छविलाल जोशी धरौटीमा रिहा

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी धरौटीमा रिहा भएका छन्

राष्ट्रिय हितलाई तिलाञ्जलि दिन सक्दैनौँ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने र

चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

    चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने

भीम रावलको पक्षमा कसले निकाल्यो ५९ जनाको विज्ञप्ति, हेर्नुहोस नामसहित

    नेकपा एमालेबाट निष्कासन भएपछि भीम रावलले सुरू गरेको मातृभूमि जागरण अभियानलाई