मन्त्री अमन मास्केद्धारा एकै पटक चार आयोजनको उद्घाटन



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले एकैपल्ट चारवटा आयोजनाको उद्घाटन गर्नुभएको छ । मन्त्रालयले निमार्ण गरेको सिन्धुली–भिमस्थान – चकमके – उदयपुर कटारी सडक , लङ्गर खोला पक्की पुल , नेपाल रेकक्रश सोसाइटी वेलघारी उपशाखा भवन र भिमस्थान बेलघारी शहरी सडकको उद्धघाटन गर्नुभएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालय सिन्धुली र शहरी विकास तथा भवन कार्यालय सिन्धुली अन्र्तगत निमार्ण सम्पन्न भएको लङ्गुर खोला पक्की पुल निमार्ण अन्र्तगत ४,२२,०९,२६८ रुपौया लागतमा ८.४० मि को पुल निमार्ण सम्पन्न भएको हो । त्यस्तै सिन्धुली – भिमस्थान – चकमके – कटारी सडक ९,५६,५१,९०४ रुपौया लागतमा ३.७६ कि.मि सडक सम्पन्न भएको छ भने नेपाल रेडक्रस सोसाइटी वेलघारी उपशाखा भवन ६५०००८२ रुपैया लागतमा सम्पन्न भएको हो । सिन्धुलीको तीनपाटन गाँउपालिका बेलघारी बजारमा आयोजित समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले प्रदेश सरकार निरन्तर जनताको मर्म अनुरुप काममा रहेको बताउनु भयो । “हामी विकास निर्माणका काममा तल्लीन छौँ, विकास निर्माणको कामलाई तीव्रता दिने उहाँको भनाइ थियो । उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्नुहुदै भौतिक पूर्वाधार विकासमन्त्री मास्केले सरकार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको बताउनुभयो । “राजनेता प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र मन्त्रालयको योजनामा प्रदेशलाई विकसित प्रदेशमा रुपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौँ”, उहाँको भनाई छ। पूर्वाधार क्षेत्रहरू स्पष्ट गर्दै अबको पूर्वाधार विकासलाई सय वर्ष पछिसम्मको आवश्यकता हेरेर गुणस्तरीय निर्माण गर्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा मन्त्रालयका सचिव अमृत श्रेष्ठ, जनप्रतिनिधिहरु , राजनैतिक दलका प्रतिनिधि र स्थानिय बासीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...

आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...