उपनिर्वाचनको नतिजा निराशाजनक छैन : ईश्वर पोखरेल



 

 

सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने बताएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समीक्षा गर्ने बताएका हुन् ।  उनले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताए । उनले स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको बताए । आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने बताए । उनले काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहेपनि गत निर्वाचनको भन्दा प्रगति भएको दाबी गरे । उनले अहिले पुराना राजनीतिक दलहरू आउटडेटेड भए भन्ने भाष्य खडा गरिए पनि जनमतबाट पुष्टि हुन नसकेको बताए । जनताले अहिले पनि पुराना राजनीतिक दलहरूमा आशा र विश्वास कायमै राखेको उनको दाबी छ । उनले राष्ट्रिय राजनीतिमा पुराना दलहरूको भूमिका कमजोर भन्ने कुरालाई जनताले अस्वीकार गरेको बताए । उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरूमा थप व्यवस्थित ढंगको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
छविलाल जोशी धरौटीमा रिहा

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी धरौटीमा रिहा भएका छन्

राष्ट्रिय हितलाई तिलाञ्जलि दिन सक्दैनौँ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने र

चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

    चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने

भीम रावलको पक्षमा कसले निकाल्यो ५९ जनाको विज्ञप्ति, हेर्नुहोस नामसहित

    नेकपा एमालेबाट निष्कासन भएपछि भीम रावलले सुरू गरेको मातृभूमि जागरण अभियानलाई