यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका सार्वजनिक भएको छ । चिनियाँ प्रधामन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई मंसिर १७ देखि २१ गतेसम्मको तालिका राखेर भ्रमणको निम्तो पठाएका थिए। चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग दुई पक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। तालिकाअनुसार प्रधानमन्त्री ओली मंसिर १७ देखि २० गतेसम्म औपचारिक भ्रमणका लागि चीप्रधानमन्त्री नमा रहनेछन्। भ्रमणका बेला प्रधानमन्त्री ओलीले पेकिङ युनिभर्सिटीमा सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीको श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, सांसदहरू र उच्च पदस्थ सरकारी अधिकारीहरू चीन जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...