एमाले जागरण सभाको संयोजकको जिम्मेवारी कैलाश ढुङ्गेललाई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले भोलि काठमाडौंमा गर्न लागेको जागरण सभाको संयोजक कैलाश ढुङ्गेलले पाएका छन् । यसअघिका संयोजक राजन भट्टराई आइसीएपीपीको १२ औँ अधिवेशनमा सहभागी हुने कम्बोडिया उडेपछि ढुंगेलले जिम्मेवारी दिइएको हो ।अधिवेशनमा एमालेका स्थायी समितिको सदस्यका हैसियतले सहभागी हुनपर्ने भएकोले हिजो साँझ कम्बोडिया गएका हुन् । उनले भनेका छन्, ‘मेरो मंसिर ७ कार्यक्रमको जिम्मेवारी मेरो अनुपस्थितिमा कैलाश ढुङ्गेलले सम्हाल्नुहुने जानकारी गराउन चाहन्छु । क्याम्बोडियामा हुने कार्यक्रममा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि गएको बताए । ढुंगेल यसअघि समितिका सहसंयोजक थिए। सदस्यहरुमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, समिक बडाल र जनक चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...