एमाले जागरण सभाको संयोजकको जिम्मेवारी कैलाश ढुङ्गेललाई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले भोलि काठमाडौंमा गर्न लागेको जागरण सभाको संयोजक कैलाश ढुङ्गेलले पाएका छन् । यसअघिका संयोजक राजन भट्टराई आइसीएपीपीको १२ औँ अधिवेशनमा सहभागी हुने कम्बोडिया उडेपछि ढुंगेलले जिम्मेवारी दिइएको हो ।अधिवेशनमा एमालेका स्थायी समितिको सदस्यका हैसियतले सहभागी हुनपर्ने भएकोले हिजो साँझ कम्बोडिया गएका हुन् । उनले भनेका छन्, ‘मेरो मंसिर ७ कार्यक्रमको जिम्मेवारी मेरो अनुपस्थितिमा कैलाश ढुङ्गेलले सम्हाल्नुहुने जानकारी गराउन चाहन्छु । क्याम्बोडियामा हुने कार्यक्रममा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि गएको बताए । ढुंगेल यसअघि समितिका सहसंयोजक थिए। सदस्यहरुमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, समिक बडाल र जनक चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...